नेपाली कांग्रेस बागमती प्रदेश सम्मेलनको तयारी पूरा, भोलि देउवाले उद्घाटन गर्ने — OSNepal

नेपाली कांग्रेस बागमती प्रदेश सम्मेलनको तयारी पूरा, भोलि देउवाले उद्घाटन गर्ने

LC (KTM) December 22, 2023 0

काठमाडौँ, ६ पुस -नेपाली कांग्रेसको पुस ७ गते शनिबार काठमाडौँमा हुने बागमती प्रदेश सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ ।कांग्रेस बागमती प्रदेश समितिले आज यहाँ पत्रकार सम्मेलन गरेर सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले प्रदेश सम्मेलनका लागि बागमती प्रदेशका १३ वटै जिल्लाका पार्टीका पदाधिकारी एवं सदस्य सहभागी हुने जानकारी दिनुभयो ।

सम्मेलनको पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने गर्ने कार्यक्रम छ सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाका ६६ सङ्घीय निर्वाचन क्षेत्रका ७८२ जना प्रदेश प्रतिनिधि, बागमती प्रदेशका सङ्घीय सांसद, प्रदेशसभा सदस्य, क्षेत्रीय सभापति, नगरपालिका÷गाउँपालिकामा निर्वाचित प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष तथा बागमती प्रदेशका एक सय १९ पालिकाका सभापति सहभागी हुने सभापति बानियाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर