गाजा पट्टीमा मानवीय सहायता जारी राख्ने रुसी राष्ट्रपति पुटिनको प्रतिबद्धता — OSNepal

गाजा पट्टीमा मानवीय सहायता जारी राख्ने रुसी राष्ट्रपति पुटिनको प्रतिबद्धता

LC (KTM) December 23, 2023 0

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार गाजा पट्टीमा मानवीय सहायता प्रदान गर्न जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । साथै उहाँले इजरायल र हमास बीच जारी लडाइँको शान्तिपूर्ण समाधान गर्न आग्रह समेत गर्नु भएको छ ।

राष्ट्रपति पुटिनले प्यालेस्टाइनका राष्ट्रपति मोहमद अब्बाससँगको टेलिफोन कुराकानीका क्रममा रूसले गाजा पट्टीलाई औषधि र चिकित्सा उपकरणहरू सहित अत्यावश्यक सामानहरू आपूर्ति गर्न जारी राख्ने बताउनु भएको छ । यसै बीच सो वार्तालाई लिएर क्रेमलिनले राष्ट्रपति पुटिनले “रक्तपातको शीघ्र अन्त्यको आग्रह गर्दै राजनीतिक प्रक्रियाबाट समस्याको समाधान” चाहेको उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर