जलवायु परिवर्तनले गरिब र सीमान्तकृत समुदाय प्रभावित — OSNepal

जलवायु परिवर्तनले गरिब र सीमान्तकृत समुदाय प्रभावित

LC (KTM) December 27, 2023 0

मनहरी, ११ पुस : बागमती प्रदेशसभा उपसभामुख अप्सरा चापागाईंले जलवायु परिवर्तनले गरिब र सीमान्तकृत समुदायलाई बढी असर गरेको बताउनुभएको छ । बुधबार हेटौँडामा भएको जलवायु परिवर्तन सीमान्तकृत समुदायमा पारेको प्रभाव र राज्यको दायित्व विषयक बागतमी प्रदेशस्तरीय सम्मेलनमा उपसभामुख चापागाईंले पछाडि पारिएका वर्गको कृषि उत्पादन र शिक्षा क्षेत्रमा पनि जलवायु परिवर्तनले उत्तिकै असर पारेको बताउनुभयो ।

चितवन सक्रिय महिला प्रतिष्ठान, मकवानपुर महिला समूह, स्वाम नेपाल, युथ अभियानको संयुक्त आयोजना र एक्सन एडको सहयोगमा नेपालमा जलवायु परिवर्तनको असर तथा यसबाट परेको प्रभाव न्यूनीकरणमा राज्यले अपनाइरहेको अनुकूलनका उपाय तथा अबका दिनमा अपनाउनुपर्ने नीतिगत व्यवस्थाबारे छलफल गर्ने उद्देश्यले उक्त सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा जलवायु परिवर्तन र अनुकूलनको लागि भएका नीतिगत व्यवस्था, अनुकूलनका कार्यक्रमसम्बन्धी सञ्चारमाध्यममा भइरहेका रिपोर्टिङका विषयमा अनुभव साटासाट तथा सीमान्तकृत समुदायले भोगिरहेका समस्या र पारेको प्रभावका विषयमा छलफल भएको थियो । कार्यक्रममा प्रदेशसभा सदस्य भारती पाठक, माडी नगरपालिका चितवनका प्रमुख ताराकाजी महतो, सामाजिक विकास मन्त्रालयका उपसचिव खुबीराम अधिकारी, गैसस महासङ्घ प्रदेश अध्यक्ष आरती पाठकलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर