सर्वाधिक कमाउने अभिनेत्रीको सुचीमा अभिनेत्री दीपिका पादुकोण — OSNepal

सर्वाधिक कमाउने अभिनेत्रीको सुचीमा अभिनेत्री दीपिका पादुकोण

LC (KTM) December 29, 2023 0

मुम्बई । बलिउडमा आगामी २०२४ मा सर्वाधिक कमाउने अभिनेत्रीको सुचीमा अभिनेत्री दीपिका पादुकोण परेकी छिन् । सबैभन्दा महँगा र सबैभन्दा धेरै बलिउड फिल्म खेल्ने सुचीमा पनि दीपिका परेकी छिन् ।

त्यसो त २०२३ को सबैभन्दा धेरै कमाई गर्ने दुई भारतीय फिल्महरू जवान र पठान पनि दीपिकाकै फिल्म हो । यी दुई फिल्मबाट उनी यो वर्ष सर्वाधिक हिट फिल्म दिने अभिनेत्रीको सूचीमा पहिलो नम्बरमा छिन् ।राजधानि दैनिकमा खबर छ ।

२०२३ जस्तै २०२४ मा पनि उनी सबैभन्दा हिट फिल्महरु दिने अभिनत्रीको सूचीमा पर्ने देखिएको छ । उनीसँग अहिले ठुला व्यानरका चलचित्रहरु छन् । २०२४ मा दीपिकाको रिलिज हुने फिल्महरुमा ‘फाइटर’, ‘कल्की २८९८ एडी’ र ‘सिंघम अगेन’ रहेका छन् । यस्तै अन्य दुई ठुला ब्यानरका चलचित्र पनि २०२४ मा रिलिज हुने भएको छ ।

२०२४ मा उनको रिलिज हुने पहिलो फिल्ममा फाइटर हुनेछ । यो एरियल एक्शन फिल्म हो । जसमा ऋतिक रोशन र दीपिका पादुकोन एक्सन भूमिकामा प्रस्तुत हुँदैछन् । यो फिल्म बजेट २५० करोड भारुमा निर्माण भएको हो ।

दीपिकाको यसपछी अर्को महत्वकाँक्षी फिल्म ‘कल्की २८९८ एडी’ सन २०२४ मा रिलिज हुँदैछ । यो फिल्म ६०० करोडको बजेटमा निर्माण भएको छ । यो फिलम अहिलेसम्मकै सबैभन्दा महँगो भारतीय फिल्म हुनेछ । जसमा अभिनेत्री दीपिकासँगै प्रभास र कमल हासन लगायत रहेका छन् । यस्तै २०२४ मै दीपिकाको अर्को फिल्म ‘सिंघम अगेन’ रिलिज हुँदैछ । यो २०० करोडको बजेटमा बनिरहेको फिल्म हो । रोहित सेठ्ठी निर्देशित यो फिल्ममा अभिनेत्री दीपिका पादुकोण अभिनेता अजय देवगनसँग जोडीको रुपमा प्रस्तुत हुँदैछिन् । यो पनि आफ्नो निकै महत्वकाँक्षी फिल्म भएको उनले बताएकी छिन् ।

दीपिका थप दुई सिनेमा पनि अहिले छायाँकनको तयारीमा छन् । जसमध्य आयन मुखर्जीको ‘ब्रह्मास्त्र पार्ट २’ मा पनि यी अभिनेत्री अनुबन्धित भईसकेकी छिन् । यो सिनेमाको छायाँकन तयारीमा उनी अहिले जुटेकी छिन् । दीपिका यस अघि ब्रह्मास्त्रमा क्यामियोको रुपमा प्रस्तुत भएकी थिईन् । ब्रम्हास्त्र २ मा उनी शिर्ष भूमिकामा हुनेछिन् । यो फिल्म ४०० करोडको बजेटमा बनिरहेको छ ।

यस्तै दीपिकाले सन २०२४ मै यसराज फिल्मस्को जासूस ब्रह्माण्ड अन्तर्गत दुई थप फिल्महरू ’टाइगर भर्सेस पठान’ र ’पठान २’ मा पनि प्रस्तुत हुने भएकी छिन् । यी प्रत्येक फिल्मको बजेट २५० करोडभन्दा बढी हुने भएको छ । यस्तै सन २०२४ को ‘द इन्टर्न’ मा पनि अभिनेत्री दीपिका अनुबन्धित भएकी छिन् । जसमा उनीसँगै अमिताभ बच्चन पनि चयन भएका छन् । दीपिकाको यी सबै फिल्महरूको कुल लागत लगभग २ हजार करोड भारतीय रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर