बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज लागि जुनसुकै सजाय भोग्न तयार छन् सुकेश चन्द्र — OSNepal

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज लागि जुनसुकै सजाय भोग्न तयार छन् सुकेश चन्द्र

LC (KTM) December 29, 2023 0

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको नाममा भारतीय नागरिक सुकेश चन्द्रले चिठ्ठी लेख्ने भएपछि केही दिन उनले अदालतका सामु शुकेसको सो कार्य रोक्न याचिका दायर गरेकी थिइन्।

कहिले जन्मदिन त, कहिले प्रेम दिवसको अवसर पारेर चिठी पठाउँदै दुई सय भारतीय रुपियाँ अपचलनका आरोपी सुकेशले ज्याकलिनको मन जित्ने कोशिस गर्दै आएका छन्। तर, ज्याकलिन भने शुकेसको यो बानीले दिक्क भएकी छन्।

त्यही कारण आइन्दा सुकेशले आफ्नो नाममा कुनै पनि पत्र नलेखून् भनेर अदालत गुहार्न पुगेकी ज्याकलिनको याचिकामाथि सुकेशले सुनुवाइको माग गरेका छन्।नेपाल समचारपत्रमा खबर छ ।

अमर उजलाको अनलाइन संस्करणमा प्रकाशित समाचारअनुसार सुकेशले दिल्लीस्थित पटियाला अदालतमा एक अर्जी दाखिला गर्दै सुकेशले ज्याकलिनलाई आफूले कुनै पनि पत्रमा धम्कीको भाषा प्रयोग नगरेको र यदि गरेको भए आफू कुनै पनि सजाय भोग्न तयार भएको उल्लेख गरेका छन्।

उनले अर्जीमार्फत आफूले ज्याकलिनलाई पत्र पठाउन पाउनुपर्ने संकेत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर