अनु चौधरी र प्रताप दासको स्वर रहेको 'एक पल' बोलको गीतको भिडियो सार्वजनिक — OSNepal

अनु चौधरी र प्रताप दासको स्वर रहेको ‘एक पल’ बोलको गीतको भिडियो सार्वजनिक

LC (KTM) January 01, 2024 0

काठमाडौँ । गायिका अनु चौधरी र प्रताप दासको स्वर रहेको एक पल बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जसमा हेम कुमार बिस्टको शब्द तथा सबिन लिम्बुको संगीत र एरेन्ज रहेको छ । गीतको भिडियोमा वैँशालु उमेरमा प्रेममा रमेको एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कथा देखाइएको छ ।भिडियोमा हेम के क्षत्री बिस्ट र कशिस दाहालको अभिनय रहेको छ ।

भिडियोका निर्देशन उत्तम श्र्रेष्ठ शिषिरले गरेका गरेका हुन् भने छायाकंन बाशु बराल र राजेश घिमिरेको टिमले गरेको हो । सम्पादन र कलर भिम रावलले गरेका हुन् । सार्वजनिक भिडियो हेम्स मिडिया एन्ड इन्टरटेन्मेन्टबाट बजारमा आएको हो । हेर्नुहोस् प्रेम र रोामान्सले भरिएको यो रमाइलो प्रेमील गीतको भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर