जुना प्रसाईको 'जादु टुना'मा बिनोद र जुना सुन्दासको अभिनय — OSNepal

जुना प्रसाईको ‘जादु टुना’मा बिनोद र जुना सुन्दासको अभिनय

LC (KTM) January 03, 2024 0

काठमाडौँ । गायिका जुना प्रसाईको स्वर रहेको जादु टुना बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जसमा टिका सुदिस निरौलाको शब्द तथा रन्जित गजमेरको संगीत र एरेन्ज रहेको छ । बिक्रम कार्कीको मिक्सिङ तथा मास्टरिङ रहेको सार्वजनिक गीतको भिडियोमा वैँशालु उमेरमा प्रेममा रमेको एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कथा देखाइएको छ । भिडियोमा बिनोद न्यापाने र जुना सुन्दासको अभिनय देख्न सकिन्छ ।

जसको निर्देशन युवराज वाईले गरेका हुन् । प्रमोद के भण्डारीको कोरियोग्राफी रहेको जादु टुनाको छायांकन निशल पौडेलले गरेका हुन् भने सम्पादन विकाश दाहालले गरेका हुन् । सार्वजनिक भिडियो गायिका जुनाकै अफिसियल च्यानलबाट बजारमा आएको हो । हेर्नुहोस् प्रेम र रोामान्सले भरिएको यो रमाइलो प्रेमील गीतको भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर