म्यानमारको ७६ औं स्वतन्त्रता दिवसको अवसरमा नौ हजार भन्दा बढी कैदीलाई माफी — OSNepal

म्यानमारको ७६ औं स्वतन्त्रता दिवसको अवसरमा नौ हजार भन्दा बढी कैदीलाई माफी

LC (KTM) January 04, 2024 0

याङ्गुन, म्यान्मा, १९ पुस । म्यानमाको राज्य प्रशासन परिषद्ले देशको स्वतन्त्रता दिवसको ७६ औँ वर्षगाँठको उपलक्ष्यमा बिहीबार नौ हजारभन्दा बढी कैदीलाई माफी दिएको छ ।

म्यान्माका नौ हजार ६५२ र अन्य मुलुकका ११४ जना कैदीलाई मानवीय तथा शान्तिको अधिकार प्रत्याभूत गर्न बनेको म्यान्माको कानूनको प्रावधान बमोजिम सजाय मिनाहा गरिएको आदेशमा उल्लेख छ ।

गत वर्ष देशको स्वतन्त्रता दिवसको ७५ औँ वर्षगाँठमा सात हजार १२ कैदीलाई आममाफी दिइएको थियो ।

सन् २०२३ अगष्ट १ मा म्यान्माको दोस्रो वासो चन्द्र महिनाको पूर्णिमाका दिन पर्ने बौद्ध धर्मावलम्बीको महत्वपूर्ण पर्व धम्मकाक्का दिवसको उपलक्ष्यमा सात हजारभन्दा बढी कैदीबन्दीलाई आममाफी दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर