आमिर खानका ज्वाइँ नुपुर हुन बलिउडका चर्चित फिटनेस ट्रेनर — OSNepal

आमिर खानका ज्वाइँ नुपुर हुन बलिउडका चर्चित फिटनेस ट्रेनर

LC (KTM) January 05, 2024 0

मुम्बइ । आमिर खान र रीना दत्तकी छोरी आयराले विवाह गरेकी छन् । उनले प्रेमी नुपुर शिखरेसँग विवाह गरेका हुन् । दुवैले परिवार र नजिकका मानिसबीच कोर्ट म्यारिज गरेका छन् । चर्चित व्यापारी मुकेश अम्बानी आफ्नी पत्नी नीता अम्बानीको साथमा जोडीलाई बधाई दिन विवाह स्थल पुगेका छन् ।

नुपुर शिखरे र आयरा खान विगत केही वर्षदेखि एकअर्कालाई डेट गरिरहेका थिए । आमिर खान पनि उनीहरुको सम्बन्ध ’दयगत सचेत थिए । नूपुर आमिर खानसँग धेरै पटक देखिएकी छिन् । आमिर खानले आफ्नी छोरी आयराको बिहेमा निकै रमाइलो गरे । विवाहमा आमिरकी पूर्वपत्नी रीना दत्ता पनि देखिएकी थिइन् ।

आमिर खानकी छोरी आयरा खानको विवाहपूर्व समारोह २ जनवरीमा सुरु भएको थियो । समाचारलाई विश्वास गर्ने हो भने आइरा र नुपुरले हिजो दिउँसो अदालती विवाह गरेका हुन् । अदालती विवाहपछि आमिरकी छोरी आयरा र ज्वाइँ नुपुर उदयपुर जानेछन्, जहाँ उनीहरुको भव्य विवाह हुनेछ । यो जोडीको शाही विवाह जनवरी ८ मा हुँदैछ ।

छोरी आयरा खानको विवाहपछि आमिर खानले आफ्ना नजिकका साथीहरूका लागि मुम्बईमा भव्य रिसेप्शन पार्टी दिनेछन् । यस पार्टीमा शाहरुख खानदेखि सलमान खान र मनोरञ्जन जगतका सबै ठूला स्टारहरू आउने अपेक्षा गरिएको छ ।राजधानि दैनिकमा खबर छ ।

धेरै वर्ष एक अर्कालाई डेट गरेपछि आयरा खान र नुपुर शिखरेले गत वर्ष नोभेम्बर १८ मा इन्गेजमेन्ट गरेका थिए । त्यस क्रममा दम्पतीको इन्गेजमेन्टमा नजिकका साथीभाइ र परिवारका सदस्यहरू उपस्थित थिए। इन्गेजमेन्ट समारोहमा इमरान खान, आमिर खानकी पूर्वपत्नी रीना दत्ता र किरण राव देखिएका थिए ।

को हुन् आमिर खानकी ज्वाइँ नुपुर शिखरे ?

आमिर खानकी ज्वाइँ नुपुर शिखरे बलिउडकी चर्चित फिटनेस ट्रेनर हुन् । उनले धेरै स्टारलाई फिटनेसको तालिम दिएका छन् । सुस्मिता सेनसँगै ससुरा आमिर खान पनि यो सूचीमा परेका छन् । यससँगै उनी ऐरा खानको प्रशिक्षक पनि भइसकेका छन् । आयरा र नुपुरको पहिलो भेट जिममै भएको थियो । यसै क्रममा दुवै एकअर्काको प्रेममा परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर