शाहरुखको फिल्म 'डंकी 'लाई अभिनेता प्रवासको फिल्म 'सालार'ले उछिन्नयो — OSNepal

शाहरुखको फिल्म ‘डंकी ‘लाई अभिनेता प्रवासको फिल्म ‘सालार’ले उछिन्नयो

LC (KTM) January 05, 2024 0

मुम्बई । अभिनेता शाहरुख खानका यस अघिका दुई फिल्म पठान र जवानले भारतमा जुन किसिमको व्यबसायिक रेकर्ड कायम गरेको थियो । उनको २०२३ को तेश्रो फिल्म डं्रकीले त्यो रेकर्ड बनाउन सकेन । फिल्म डंकीले प्रदर्शनीको १३ औं दिनमा बुधबार भारतमा जम्मा २०३ करोडको मात्र व्यापार गरेको छ । यो फिल्मले कम्तीमा ४०० करोडको व्यापार गर्ने विश्लेषकहरुको अनुमान पूर्ण फेल भएको छ । फिल्मले करिब दुई सातामा बल्ल २०० करोडको व्यापार गरेको हो ।

जबकी शाहरुखको यो फिल्मलाई अर्का अभिनेता प्रवासको फिल्म सालारले व्यापारमा उछिनेको छ । फिल्म सालारले भारतबाट मात्रै १३ दिनमा ३७५ करोडको व्यापार गरेको छ । सालारको हिन्दी भर्सनले नै भारतमा मात्र १२९ करोडको व्यापार गरेको छ ।राजधानि दैनिकमा खबर छ । भारतमा फिल्म डँकीको भन्दा सालारको १७२ करोड बढी रहेको छ । सोही कारण पनि यसपटक शाहरुख भन्दा प्रवास भारतीय बक्स अफिसमा चम्किएका छन् ।

निर्देशक राजकुमार हिरानी यो फिल्मले राम्रो व्यापार गर्नेमा निकै आशाबादी थिए । उनको आशा यसपटक निराशामा परिणत भएको छ । भारतबाट विभिन्न देश हुँदै गैरकानूनी रुपमा युरोप तथा बेलायत छिर्नेहरुले भोग्नुपरेको समस्यालाई फिल्ममा उठान गरिएको छ । तर फिल्मको यो कथा दर्शकको लागि दमदार हुन सकेन । सोही कारण पनि यसपटक डँकी भन्दा सालारले बक्स अफिसमा आफ्नो प्रभाव जमायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर