आमाबाबु बन्ने दिनको पर्खाइमा रणवीर र दीपिका — OSNepal

आमाबाबु बन्ने दिनको पर्खाइमा रणवीर र दीपिका

LC (KTM) January 07, 2024 0

एजेन्सी । कलाकारहरूको रिल लाइफ मात्र नभई रियल लाइफबारे पनि अधिकांशलाई चासो हुने गर्छ। विशेष गरी अभिनेत्रीको जीवनमा बिवाहअघि विवाह कहिले गर्ने र विवाह गरेपछि भने सन्तान कहिले जन्माउने भन्ने चासो दर्शकमा हुने गर्छ।

बलिउड अभिनेत्री दीपिका पादुकोण पनि आफ्नो फ्यानहरुको बारम्बार यहि प्रश्नको सामना गर्दै आईरहेकी छन्। ६ वर्ष अघि विवाह गरेकी उनी अहिलेसम्म आमा नबनेपछि उनका फ्यानले उनी आमा नबनेकोमा ट्रोल समते बनाइसके।नेपाल समचारपत्रमा खबर छ ।

दीपिकाका फ्यान त उनलाई आमा भएको हेर्न आतुर छन् नै, दीपिकालाई पनि अब आमा बन्ने रहर पलाएको छ। हालै एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा उनले आफू आमा बन्ने मनसाय व्यक्त गरेकी छन्।

आफू र पति रणवीर सिंह आमाबाबु बन्ने दिनको पर्खाइमा रहेको दीपिकाले अन्तर्वार्तामा बताएकी छन्। दीपिकालाई मात्र नभई रणवीरलाई पनि बच्चा निकै मन पर्छ।

उनले केहि समय अघि करण जोहरको शोमा आफूलाई बच्चाको रहर भएको बताएका थिए। ६ वर्षअघि इटालीको लेक कोमोमा विवाह गरेका उनीहरूले पहिला कोकणी र पछि सिन्धी परम्पराअनुसार विवाह गरेका थिए।

भनिन्छ रणवीर र दीपिकाको विवाह बलिउडको मह“गो विवाह मध्ये एक हो। उनीहरूको विवाहमा करिब ९५ करोड भारतीय रुपियाँ खर्च भएको थियो।

राजकीय शैलीले आयोजना गरिएको विवाहमा दीपिकालाई रणवीरले करिब २० करोड भारतीय रुपियाँको हिराको मंगलसूत्र दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर