पूर्व मिस नेपाल एवं चर्चित सञ्चारकर्मी माल्भिका सुब्बाको म्युजिक भिडियोमा कमब्याक — OSNepal

पूर्व मिस नेपाल एवं चर्चित सञ्चारकर्मी माल्भिका सुब्बाको म्युजिक भिडियोमा कमब्याक

LC (KTM) January 07, 2024 0

काठमाडौं – पूर्व मिस नेपाल एवं चर्चित सञ्चारकर्मी माल्भिका सुब्बाले दुई वर्षपछि म्युजिक भिडियोमा कमब्याक गरेकी छिन् । वाइके फिल्म्सको प्रस्तुति रहेको ठूलो चाहा छैन मेरो बोलको गीतको म्युजिक भिडियोबाट उनले कमब्याक गरेकी हुन् ।

म्युजिक भिडिोको निर्देशन युगल पोमोले गरेका हुन् । दुर्लभ जन्तारेले लेखेको गीतमा राजु सेन्चुरीको संगीत रहेको छ भने विशाल निरौलाले अरेन्ज गरेका छन् । गायक प्रताप दास र गायिका ममता हिङमाङको स्वर रहेको गीतको भिडियोमा मल्भिकासँग योगेश लामाले पनि अभिनय गरेका छन् । भिडियोमा सेतो गाउनमा सुब्बा निकै सुन्दर देखिएकी छिन् ।

म्युजिक भिडियोमा मेकअपरहेयर सुशीला गुरुङ, कोरियोग्राफी सुकु सामेखम लिम्बु, सिनेमाटोग्राफी मज्जाको राईले गरेका छन् । म्युजिक भिडियोको छायंकान हङकङको रमणीय काउलुन पिकमा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर