'तिम्रो साथ बिना' लिएर आए प्रमोद , रोजिना र अर्जुन पोखरेलले — OSNepal

‘तिम्रो साथ बिना’ लिएर आए प्रमोद , रोजिना र अर्जुन पोखरेलले

LC (KTM) January 09, 2024 0

चर्चित गायक प्रमोद खरेल र रोजिना बस्नेतको तिम्रो साथ बिना बोल रहेको गीत सार्वजनिक भएको छ । द भोइस अफ नेपालको टप ११ बाट बाहिरिए पनि प्रमोद खरेलले लोकप्रिय संगीतकार अर्जुन पोखरेलको शब्द संगीतमा अवसर प्रदान गरेका हुन ।

यस गीतलाई छोटो समयमा पनि दर्शकहरुले अत्याधिक हेरेर युट्युबको ट्रेन्डिङ्ग मा परेको छ । अभिनास पासवानको एरेन्ज नरेश बिबिसिको मिक्स मास्टरिङ्ग रहेको गीतलाई रोशन बिश्वकर्माले कोरियोग्राफी गरेका हुन ।

यस गीतमा बुद्द थापाको छायान्कन रहेको छ भने अर्जुन तिवारीले निर्देसन गरेका छन । दिपा सिटौलाको निर्माण रहेको गीतलाई प्रमोद खरेल युट्युब च्यानलमा गएर हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर