राजकुमार हिरानी निर्देशित फिल्म ‘डंकी’ शाहरुख खानको सन् २०२३ को तेस्रो हिट फिल्म बन्यो — OSNepal

राजकुमार हिरानी निर्देशित फिल्म ‘डंकी’ शाहरुख खानको सन् २०२३ को तेस्रो हिट फिल्म बन्यो

LC (KTM) January 09, 2024 0

मुम्बई । राजकुमार हिरानी निर्देशित फिल्म ‘डंकी’ शाहरुख खानको सन् २०२३ को तेस्रो हिट फिल्म हो। यसअघि किंग खानको पठान र जवानले बक्स अफिसमा धमाका मच्चाएको थियो । तर, ‘डंकी’ को कमाइको गति पठान र जवानको जत्तिको थियो । यसको एउटा कारण सालारसँग प्रभासको प्रतिस्पर्धा चर्कै थियो। यति हुँदाहुँदै पनि ‘डन्की’ले देश र विश्वमा राम्रो कलेक्सन गरेको छ ।

‘डंकी’ ले रिलिज भएको तेस्रो आइतबार कति कलेक्सन गर्‍यो त ? जानौं ।

शाहरुख खानको ‘डंकी’ पारिवारिक कमेडी फिल्म हो । किंग खानको यो फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ र योसँगै यसले उत्कृष्ट कलेक्सन पनि गरेको छ । चलचित्रले अपेक्षाअनुरुप व्यापार गर्न नसके पनि घरेलु बजारमा २ सय करोडको आँकडा पार गरि विश्वभर ४ सय करोडभन्दा बढी कलेक्सन गरेको छ ।राजधानि दैनिकमा खबर छ ।

फिल्मको कमाईको कुरा गर्दा २९।२ करोडको ओपनिङ गरेको ‘डंकी’ ले घरेलु बजारमा पहिलो साता १६०।२२ करोड कमाएको थियो । दोस्रो हप्तामा फिल्मले ४६।२५ करोड कमाएको थियो । फिल्मले रिलिजको तेस्रो शुक्रबार २।२५ करोड कमाएको छ भने तेस्रो शनिबार ‘डंकी’ को कलेक्सन ६० प्रतिशतले बढेर ३।६ करोड पुगेको छ । अब फिल्मको रिलिजको १८ औं दिन अर्थात तेस्रो आइतबारको कमाईको प्रारम्भिक तथ्यांक आएको छ ।

‘डिंकी’ले विश्वभर राम्रो व्यापार गरिरहेको छ र विश्वभर बक्स अफिसमा राम्रो प्रतिक्रिया पाइरहेको छ । फिल्मले रिलिज भएको १७ दिनमै विश्वभर राम्रो कलेक्सन गरेको छ । रेड चिली इन्टरटेनमेन्टले साझा गरेको तथ्यांक अनुसार यो फिल्मले रिलिज भएको १७ दिनमा ४३६।४० करोड कमाएको छ । फिल्मले १८ औं दिनमा ४४० करोडको आँकडा पार गर्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर