एक अर्कासँग छुट्टिएका भनिएका मलाइका र अर्जुनको जोडी फेरि सँगै — OSNepal

एक अर्कासँग छुट्टिएका भनिएका मलाइका र अर्जुनको जोडी फेरि सँगै

LC (KTM) January 10, 2024 0

एजेन्सी ।बलिउडलाई फिल्म नगरीको साथमा प्रेम नगरी भन्दा पनि फरक पर्दैन। बलिउड अभिनेता अभिनेत्रीहरूको प्रेम सम्बन्धको चर्चा अन्य फिल्म नगरीमा भन्दा बढी नै हुने गरेकाले बलिउड नगरीलाई प्रेम नगरी पनि भनिएको हो।

उनीहरूबीचको प्रेम सम्बन्ध, विछोड नोकझोक आदिको खबर हरेक दिनजसो सञ्चार माध्यममा छाइरहने गर्दछ। बलिउड अभिनेत्री मलाइका अरोरा र अभिनेता अर्जुन कपुरको जोडी पनि एक हो, जसको प्रेम सम्बन्धको चर्चा बिना बलिउडको प्रेम कहानी अधुरो हुन्छ।

दुई महिनाअघि नै एक अर्कासँग छुट्टिएको भनिएका मलाइका र अर्जुनको जोडी फेरि सँगै देखिएपछि उनीहरूको ब्रेकअपको खबर झुटो सावित भएको छ।नेपाल समचारपत्रमा खबर छ ।

मंगलबार बलिउड निर्देशक तथा लेखक फराह खानको जन्मदिनको अवसरमा सामाजिक सञ्जालमा साझा भएको एक भिडियोले मलाइका र अर्जुन एक अर्कासँगै छन् भन्ने पुष्टि गरेको भारतीय सञ्चार माध्मयले जनाएका छन्।

फराहको जन्मदिनको अवसरमा उनको साथी एवम रियालिटी शो झलक दिखलाजाकी सह निर्णायक मलाइकाले सरप्राइजस्वरूप आफ्नो घरबाट खाना मगाएकी थिइन्। तर, झलख दिलाजाको सुटिङका कारण आफू व्यस्त भएपछि उनले सो कामको जिम्मेवारी अर्जुनलाई दिइन्।

निर्देशक फराह खानले सामाजिक सञ्जालमा एक भिडियो साझा गर्दै सो खाना मलाइका नभई अर्जुनको घरबाट आएको बताएको समाचारमा उल्लेख छ।

मलाइकाले अर्जुनलाई फोन गरेर अर्जुनको घरबाट खाना मगाएकी हुन्। फराहाले ‘मेरो प्रि बर्थडे सेलिब्रेसनको लागि धन्यवाद अर्जुन’ भन्दै सामाजिक सञ्जालमा सो भिडियो सार्वजनिक गरेकी छन्।

केही दिनअघि मलाइकाले एक्लै क्रिसमस मनाएकी थिइन् भने अर्जुन आफ्नी बहिनीका साथ लन्डन घुमघाममा थिए। सोही कारण सञ्चार माध्यमले उनीहरूबीच ब्रेक अप भएको गसिप लेखिरहेका थिए।

मलाइकाले सन् १९९८ मा पहिलो विवाह अभिनेता अरबाज खानका साथ गरेकी थिइन्। सन् २०१७ मा अरबाजका साथ १९ वर्षे वैवाहिक सम्बन्ध टुटेपछि उनको अभिनेता अर्जुनका साथ प्रेमसम्बन्धको चर्चा शुरु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर