रुकुम पूर्व र पश्चिममा नेपाल टेलिकमको एफटिटीएच नेटवर्क — OSNepal

रुकुम पूर्व र पश्चिममा नेपाल टेलिकमको एफटिटीएच नेटवर्क

LC (KTM) January 10, 2024 0

काठमाडौँ, २५ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमको रुकुम पूर्वको रुकुमकोट र रुकुम–पश्चिमको मुसिकोटमा दूरसञ्चार पूर्वाधार अप्टिकल फाइबर नेटवर्कबाट ट्रान्समिसन लिङ्क पु¥याएर फाइवर टू द होम (एफटिटीएच) नेटवर्कको सुुरुआत गर्नुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित कार्यक्रममा एफटिटीएचको भर्चुअल सुरुआत गर्दै सरकारका प्रवक्ता शर्माले कान्छो जिल्ला रुकुममा एफटिटीएच जोड्न पाउँदा खुसी लागेको बताउनुभयो । अब हुम्ला र डोल्पामा पनि सो सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री शर्माले भन्नुभयो, “सूचना र सञ्चारको विकासमा सरकार प्रतिबद्ध छ, पछिल्लोपटक भूकम्पप्रभावित जिल्लामा इन्टरनेट सेवा पु¥याउनुपर्छ ।” उहाँले सञ्चारको विकासले अन्य क्षेत्रमा प्रभाव पार्ने भएकाले सञ्चारको विकास अपरिहार्य भएको बताउनुभयो ।

सांसद पूर्णबहादुर घर्तीले रुकुममा आधुनिक सूचना प्रविधि जोडिनु सकारात्मक भएको बताउनुभयो । मन्त्रालयका सचिव तथा नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष कृष्णबहादुर राउतले ग्राहकलाई गुणस्तरीय सेवा दिन निर्देशन दिनुभयो । सोही अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडीले हालसम्म ७४ जिल्लामा ‘फोर जी’ सेवा पु¥याइसकेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर