अभियुक्त बम्जनविरुद्ध सुनुवाइ सुरु — OSNepal

अभियुक्त बम्जनविरुद्ध सुनुवाइ सुरु

LC (KTM) January 11, 2024 0

मलङ्गवा, २६ पुस : ह त्या र यौ न हिं साका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरिएको छ । जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको हो । उक्त अदालतमा न्यायाधीश विष्णु रेग्मीको इजलासमा उनीविरुद्ध मुद्दाको सुनुवाइ सुरु भएको स्रेस्तेदार सदन अधिकारीले राससलाई जानकारी दिनुभयो ।

हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मङ्गलबार पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर