गायक रोशन सिंहको 'देख्छु जब तिमीलाई म' मा ज्योति र योदिश — OSNepal

गायक रोशन सिंहको ‘देख्छु जब तिमीलाई म’ मा ज्योति र योदिश

LC (KTM) January 12, 2024 0

काठमाडौँ । गायक रोशन सिंहको ‘देख्छु जब तिमीलाई म’बोलको गीतको भिडियो सार्वजनिक भएको छ । आधुनिक क्षेत्रमा एक दशक बढी समयदेखि सक्रिय गायक रोशनको आवाजमा रहेको नयाँ गीत ‘देख्छु जब तिमीलाई म’ को भिडियो रिलिज गरिएसँगै चर्चा सुरु भएको छ ।

डा. कृष्ण हरि बरालको शब्द, सुरेश गैरेको संगीतमा नरेन्द्र वियोगीले संगीत संयोजन रहेको सार्वजनिक गीतमा ज्योति खड्का र योदिश न्यौपानेको उत्कृष्ट अभिनय देख्न सकिन्छ । रोशन सिंहको निर्देशन रहेको भिडियो फर्पिङको रमणीय स्थलमा छायांकन गरिएको हो । भिडियोको छायांकन आलेक्श पुडासैनीले गरेका हुन् भने ओम प्रसाईले सम्पादन गरेका हुन् ।

सांगीतिक रुपमा आफ्नो कला र गालालाई प्रस्तुत गर्दै आएका गायक रोशन पेशाले बाल बाटिका स्कुल पेप्सीकोलाका संचालक र प्रिन्सिपल समेत रहेका छन् भने भारतीय दुतावास लगायत नेपाल संगीत विद्यालय गौशालाबाट गायनमा प्रशिक्षण समेत लीएका व्यक्तित्व हुन् । हेर्नुहोस् उनै बहुप्रतिभाषाली गायक रोशन सिंहको सार्वजनिक गीतको भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर