भालुवाङ बस दुर्घटनाका घाइतेको प्रभावकारी उपचारका गर्न प्रधानमन्त्रीको निर्देशन — OSNepal

भालुवाङ बस दुर्घटनाका घाइतेको प्रभावकारी उपचारका गर्न प्रधानमन्त्रीको निर्देशन

LC (KTM) January 13, 2024 0

काठमाडौँ, २८ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाङको भालुवाङमा भएको बस दुर्घटनामा घाइते भएकाहरुको प्रभावकारी उपचारका लागि निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री दाहालले उद्धार र उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न सरकारका सम्बन्धित निकायलाई निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उहाँले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

बाँकेको नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट खसेको थियो । सो दुर्घटनामा परी १२ यात्रुको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर