गायिका माण्डबी र डा.भामाको ‘आदत’मा प्रियाना — OSNepal

गायिका माण्डबी र डा.भामाको ‘आदत’मा प्रियाना

LC (KTM) January 13, 2024 0

काठमाडौंँ । अमेरिकामा रहेर नेपाली गीतसंगीत, साहित्य र संस्कृतिलाई माया गर्ने जोडी हुन् डा. भामा देवकोटा शर्मा र डा. प्रमोद शर्मा । यो जोडीको नयाँ गीत ‘आदत’ सार्वजनिक भएको छ । आफ्नै आधिकारिक युट्युव च्यानल प्रभामा क्रियसनबाट सार्वजनिक गीतमा डा.भामा देवकोटा शर्माको शब्द छ ।

गीतमा लोकप्रिय गायिका माण्डबी त्रिपाठीको स्वर तथा चर्चित संगीतकार बिपिन आचार्यको संगीत छ । गीतको संगीतसंयोजन समेत संगीतकार आचार्य आफैले गरेका हुन् ।गीतको भिडियोमा हास्यटेलिचलचित्र ‘सक्किगोनी’की चर्चित कलाकार प्रियाना आचार्य ‘मुन्नी’, संजिव तामाङ र गीतकार डा.भामा देवकोटा शर्मा र डा.प्रमोद शर्मा, श्यामा देवकोटा लगायतको अभिनय छ । डा.प्रमोद शमा निर्माता पनि हुन् ।

नेपाल र अमेरिकाको बिभिन्न स्थानमा छायांकन भएको भिडियो बिपिन आचार्यले निर्देशन गरेका हुन् । बिजय रुम्बा लामाको छायांकन र सम्पादन रहेको भिडियोको अमेरिका छायांकन चर्चित छायांकार रामेश्वर कार्कीले गरेका हुन् । फिल्मी शैलीमा तयार भिडियोमा चर्चित फिल्म निर्देशक नारायण पुरीको समेत विशेष मार्गनिर्देशन रहेको निर्देशक संगीतकार आचार्यले बताए । गीत सार्वजनिक भए लगग्तै चर्चामा रहन सफल छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर