ओली शैलीमा नै देउवाले पनि बालुवाटारमै बोलाए मन्त्रिपरिषद बैठक — OSNepal

ओली शैलीमा नै देउवाले पनि बालुवाटारमै बोलाए मन्त्रिपरिषद बैठक

LC (KTM) July 27, 2021 0

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफ्नै निवासमा मन्त्रिपरिषद बैठक बोलाउन सुरु गरेका छन् । यसअघिको ओली सरकारको सिको गर्दै प्रम देउवाले पनि मन्त्रिपरिषदको बैठक बालुवाटारस्थित सरकारी निवासमा नै राखेका हुन् ।

ओलीले आफ्नो साढे तीन वर्षे कार्यकालमा ओली सिंहदरबारमा बिरलै बिताएर चर्को आलोचना सहित बाहिरिए लगत्तै प्रम देउवाले पनि मंगलबार मन्त्रिपरिषदको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नबसेर बालुवाटारस्थित प्रधानमन्त्री निवासमै बोलाए ।

बालुवाटारमा बसेको बैठकले बालुवाटारबाटै विभिन्न नियुक्तिहरु गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मले पार्टीको बैठक बालुवाटारमा नबस्ने बताउँदै आएको भएता पनि मन्त्रिपरिषदको बैठक बालुवाटारस्थित सरकारी निवासमा नै डाकेर देउवाले पुरानै परिपाटीलाई निरन्तरता दिन भ्याए । अब उनले बालुवाटारस्थित सरकारी निवासमा नै बसेर के के गर्ने हुन् त्यो भने हेर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर