भारत र बङ्गलादेश बीच द्विपक्षीय सहयोगलाई अगाडि बढाउने विषयमा छलफल — OSNepal

भारत र बङ्गलादेश बीच द्विपक्षीय सहयोगलाई अगाडि बढाउने विषयमा छलफल

LC (KTM) January 16, 2024 0

बङ्गलादेश २ माघ । बङ्गलादेशका लागि भारतका उच्चायुक्त प्रणय वर्माले बङ्गलादेशका नयाँ विदेश मन्त्री हसन महमुदलाई भेटी बङ्गलादेश सरकारको नयाँ कार्यकालमा द्विपक्षीय सहयोगलाई अगाडि बढाउनका लागि छलफल गरेका छन् ।

हसन महमुदलाई अब्दुल मोमेनको स्थानमा बङ्गलादेशको नयाँ विदेश मन्त्रीको रूपमा नियुक्त गरिएको छ । अघिल्लो कार्यकालमा उनी बङ्गलादेशको सूचना तथा प्रसारण मन्त्री थिए ।

एक्समा साझा गरिएको पोस्ट अनुसार बङ्गलादेशमा भारतीय उच्च आयुक्त वर्माले १५ जनवरी बङ्गलादेशका हसन महमुदसँग शिष्टाचार भेटवार्त गरेको उल्लेख गरिएको छ । भारतको तर्फबाट बधाई दिदै उनीहरूले बङ्गलादेश सरकारको नयाँ कार्यकालमा भारत–बङ्गलादेश द्विपक्षीय सहयोगलाई अगाडि बढाउन विस्तृत मुद्दाहरूमा छलफल गरेको बताइएको छ ।

जनवरी ८ मा बङ्गलादेशका लागि भारतीय उच्चायुक्त प्रणय वर्माले बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनासँग भेटवार्त गरेका थिए । भेटका क्रममा उहाँले प्रधानमन्त्री नरेन्द्र मोदी र भारतको तर्फबाट शेख हसिनालाई विजयका लागि बधाइ दिएका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शेख हसिनालाई चुनावमा जित हासिल गरेकोमा बधाइ दिएका छन् । बङ्गलादेशसँगको साझेदारीलाई अझ सुदढ पार्न भारत प्रतिबद्ध रहेको कुरामा जोड दिँदै प्रधानमन्त्री मोदीले बङ्गलादेशसँगको आफ्नो स्थायी र जन–केन्द्रित साझेदारीलाई अझ सुदृढ पार्न प्रतिबद्ध रहेको बताएका छन् ।

सार्वजनिक गरिएको पोस्टमा प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शेख हसिनासँग कुरा गरी संसदीय चुनावमा लगातार चौथो कार्यकालको ऐतिहासिक जितका लागि बधाइ दिएका हुन् । यसै सन्दर्भमा बङ्गलादेशका जनतालाई पनि चुनावमा सहभागी भएकामा प्रधानमन्त्री मोदीले बधाइ दिएका छन् । साथै बङ्गलादेशसँग आफ्नो स्थायी र जन–केन्द्रित साझेदारीलाई अझ सुदृढ पार्न प्रतिबद्ध रहेको पनि उनले बताएका छन् ।

शेख हसिनाले बङ्गलादेशको प्रधानमन्त्रीको रूपमा लगातार चौथो कार्यकाल प्राप्त गर्दै ऐतिहासिक विजय दर्ता गरेका छन् । उनको पार्टी अवामी लिगले जनवरी ७ मा भएको चुनावमा २ सय २३ सिट जितेको थियो ।

उनले २ ४९ हजार नौ सय ६२ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी मोहम्मद अतीकुर रहमानले ६ हजार ९९९ मत प्राप्त गरेका थिए । यसैबीच अर्का उम्मेदवार महाबुर मोल्लाले ४२५ मत प्राप्त गरेका थिए ।

यसैबीच, जातीय पार्टी ११ सिट, बङ्गलादेश कल्याण पार्टीले एउटा मात्र निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ भने स्वतन्त्र उम्मेद्वारहरूले ६२ सिटमा जित हासिल गरेका छन्।

त्यैगरी जातीय समाजवादी दल र वर्कर्स पाटीर्ले अफ बङ्गलादेशले एक–एक सिट जितेको छ । बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) जमात–ए–इस्लामी र समान विचारधारा भएका दलहरूले चुनाव बहिष्कार गरेपछि देशभरि हडताल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर