आर्मीले बागमतीलाई जितका लागि ९८ रनको चुनौती दियो — OSNepal

आर्मीले बागमतीलाई जितका लागि ९८ रनको चुनौती दियो

LC (KTM) January 17, 2024 0

काठमाडौँ, ३ माघ : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई जितका लागि ९८ रनको सामान्य लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको आर्मी २७ दशमलव १ ओभरमा सबै विकेट गुमाउदै ९७ रनमा समेटियो ।

आर्मीका कप्तान विनोद भण्डारीले ४० बलमा ४ चौकासहित सर्वाधिक २८ रन बनाए । भीम सार्की ४१ बलमा ३ चौकासहित १८ रन बनाए भने बिबेक यादवले ११ रन जोडे । बागमतीका सूर्य तामाङले ५ विकेट लिए भने प्रतिश जिसीले र रिजन ढकालले समान दुई÷दुई विकेट लिए । त्यस्तै, कृर्जन गुरुङले एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर