सारिका घिमिरेको स्वरमा ‘मायालु’ सार्वजनिक — OSNepal

सारिका घिमिरेको स्वरमा ‘मायालु’ सार्वजनिक

LC (KTM) January 17, 2024 0

सारिका घिमिरेको स्वरमा रहेको गीत ‘मायालु’ सार्वजनिक भएको छ । सारिकाकै शब्द, सङ्गीत, सविन लिम्बुको एरेञ्ज र पवन रानाभाट्टको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । रवि कार्कीको निर्देशन रहेको गीतको भिडियोमा सारिका आफैँ फिचर्ड हुनुहुन्छ ।

ज्ञानकुमार कट्टेलको छायाँकन रहेको भिडियोमा दिपिन बस्नेतको सम्पादन छ । गीतको भिडियो सारिकाकै अफिसियल युट्युब च्यानलमार्फ सार्वजनिक गरिएको हो ।

नायिका तथा गायिका सारिकाले पछिल्लो समय गायनमार्फत चर्चा बटुल्न सफल हुनुभएको छ । नेपाली चलचित्र क्षेत्रमा आफ्नो राम्रो पहिचान बनाउनुभएकी सारिका यतिबेला गायिकाका रूपमा आफ्नो पहिचानलाई अग्लाई रहनुभएको छ ।

एक दर्जनभन्दा बढी चलचित्रमा अभियन गर्नुभएकी उहाँ तीन दर्जन जति गीतका भिडियोमा पनि देखिनुभएको छ । पछिल्लो समय गायिकाका रूपमा ख्याती कमाउँदै जानुभएकी घिमिरेका केही गीत करोडौं क्लबमा पनि पर्न सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर