नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गर्दै — OSNepal

नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गर्दै

LC (KTM) July 28, 2021 0

काठमाण्डौ – टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्नेभएकी छन् ।गौरिकाले महिलाको १ सय मिटर फ्री-स्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् । नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

हिट वानमा रहेकी गौरीका सिंह १३ औं दक्षिण एसियाली खेलकुद सागकी स्वर्ण विजेता पनि हुन् । स हिटमा नेपालसहित नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

टोकियो ओलम्पिकमा पौडीबाट सहभागी नेपालका एलेक्जेण्डर शाह एलेक्सले पुरुषको १ सय मिटर फ्री(स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका छन् । तर, उनी हिट चरणबाटै बाहिरिएका छन् । । पाँचौ दिनका खेल सकिँदा आयोजक जापान १० स्वर्ण पदकसहित तालिकाको शीर्ष स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर