आज पनि घट्यो डलरको भाउ, यस्तो छ विदेशी मुद्राको विनिमयदर — OSNepal

आज पनि घट्यो डलरको भाउ, यस्तो छ विदेशी मुद्राको विनिमयदर

LC (KTM) January 21, 2024 0

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। आइतबार अमेरिकी डलरको भाउसँगै युरोको भाउ पनि घछेको छ। जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ६१ पैसा र बिक्रीदर १३३ रूपैयाँ २१ पैसा कायम गरिएको छ।

अघिल्लो दिनको तुलनामा शुक्रबार अमेरिकी डलरको भाउ ०३ पैसाले घटेको थियो भने आज ११ पैसाले घछेको छ। यसअघि शुक्रबार एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ७० पैसा र बिक्रीदर १३३ रूपैयाँ ३० पैसामा कारोबार भएको थियो।

यसैगरी आज १२ पैसाले घटेर युरो एकको खरिदमा १४४ रूपैयाँ ४० पैसा र बिक्रीमा १४५ रूपैयाँ ०५ पैसा कायम गरिएको छ। शुक्रबार भने युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ५२ पैसा र बिक्रीमा १४५ रूपैयाँ १७ पैसा तोकिएको थियो।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको आइतबार खरिददर १६८ रूपैयाँ २२ पैसा र बिक्रीदर १६८ रूपैयाँ ९८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ४६ पैसा र बिक्रीदर ८७ रूपैयाँ ८५ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ४३ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८७ पैसा कायम गरिएको छ।

यता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९६ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४४ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५२ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९५ पैसा तथा बिक्री दर ९ रूपैयाँ ९९ पैसा कायम गरेको जनाइएको छ।

यसैगरी, आइतबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३८ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५४ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३६ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५२ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ११ पैसा र बिक्रीदर ३६ रूपैयाँ २७ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार २८ रूपैयाँ ११ पैसा र बिक्रीदर २८ रूपैयाँ २४ पैसा कायम गरेको छ।

साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ८० पैसा र बिक्रीदर ४३२ रूपैयाँ ७५ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ८२ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ४१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर