विश्वकप क्रिकेट : नेपाललाई न्यूजिल्याण्डले दियो ३०३ रनको लक्ष्य — OSNepal

विश्वकप क्रिकेट : नेपाललाई न्यूजिल्याण्डले दियो ३०३ रनको लक्ष्य

LC (KTM) January 21, 2024 0

काठमाडाैँ, ७ माघ : उन्नाइस वर्षमुनि (यु–१९) एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा न्यूजील्यान्डले नेपाललाई जितका लागि तीन सय तीन रनको बलियो लक्ष्य दिएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको न्यूजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै तीन सय दुई रन बनायो ।

न्यूजिल्यान्डका स्नेहित रेड्डीले सर्वाधिक एक सय ४७ रनको योगदान दिए । तेस्रो नम्बरमा ब्याटिङ गर्न मैदान प्रवेश गरेका रेड्डीले एक सय २५ बलको सामना गर्दै ११ चौका र ६ छक्काको मद्दतमा एक सय ४७ रन जोडेका हुन् ।

पहिलो विकेटका लागि राम्रो सुरुवात गरेको न्यूजिल्यान्डले त्यसपछि लगातार तीन विकेट गुमाएको थियो । चौथो विकेटका लागि कप्तान ओस्कार ज्याक्सन र रेड्डीले एक सय ५७ रनको साझेदारी गरे ।

यसैगरी कप्तान ओस्कार ज्याक्सनले ८१ बलमा पाँच छक्का र तीन चौकाको मद्दतले ७५ रन जोडे । टोम जोन्सले ३३, लुक वाट्सनले १४ र एलेक्स थोम्पसनले १३ रन बनाए ।

नेपालका लागि सुवास भण्डारीले तीन विकेट लिँदा गुल्सन झाले दुई तथा दीपेश कँडेल, तिलकराज भण्डारी र आकाश त्रिपाठीले समान एक/एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर