विदेशी मुद्राको विनिमयदरः अमेरिकन डलरकाे भाउ स्थिर रहँदा युराेकाे बढ्याे — OSNepal

विदेशी मुद्राको विनिमयदरः अमेरिकन डलरकाे भाउ स्थिर रहँदा युराेकाे बढ्याे

LC (KTM) January 22, 2024 0

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ।

सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने युरोको भाउ बढेको छ। जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ६१ पैसा र बिक्रीदर १३३ रूपैयाँ २१ पैसा कायम गरिएको छ। आइतबार पनि सोही मूल्यमा अमेरिकी डलरको कारोबार भएको थियो।

आज १२ पैसाले बढेर युरो एकको खरिदमा १४४ रूपैयाँ ५२ पैसा र बिक्रीमा १४५ रूपैयाँ १७ पैसा कायम गरिएको छ। आइतबार भने युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ४० पैसा र बिक्रीमा १४५ रूपैयाँ ०५ पैसा तोकिएको थियो।

बेलायती पाउण्ड सटर्लिङ एकको सोमबार खरिददर १६८ रूपैयाँ ४४ पैसा र बिक्रीदर १६९ रूपैयाँ २० पैसामा काराेबार हुदाँ अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ५० पैसा र बिक्रीदर ८७ रूपैयाँ ८९ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ७४ पैसा र बिक्रीमा ९९ रूपैयाँ १९ पैसा कायम गरिएको छ।

यता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९५ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ९९ पैसा कायम हुदाँ चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४३ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५२ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९४ पैसा तथा बिक्री दर ९ रूपैयाँ ९८ पैसामा काराेबार हुनेछ।

सोमबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३८ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५४ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३६ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५२ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १० पैसा र बिक्रीदर ३६ रूपैयाँ २७ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार २८ रूपैयाँ ११ पैसा र बिक्रीदर २८ रूपैयाँ २४ पैसा कायम गरेको छ।

साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ९० पैसा र बिक्रीदर ४३२ रूपैयाँ ८५ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ७५ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ३४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर