गायक तथा संचारकर्मी कृष्ण पाण्डेको माया यस्तै हुँदो रहेछको चर्चा — OSNepal

गायक तथा संचारकर्मी कृष्ण पाण्डेको माया यस्तै हुँदो रहेछको चर्चा

LC (KTM) January 28, 2024 0

काठमाडौँ । गायक कृष्ण पाण्डेको माया यस्तै हुँदो रहेछ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम वियोगको भावलाई समेटेर गायक पाण्डेले तयार गरेको भिडियोमा गायक स्वयमको अभिनय देख्न सकिन्छ । हस्त गौतमको शब्द शृजना, मनोज चौलागाईको संगीत तथा एरेन्जमा तयार भएको गीतमा मिक्सिगं तथा मास्टरिङ प्रकाश मिश्रको रहेको छ ।

धोका दिएर आफ्नो बाटो लागेकी मायालुको सम्झनाको कथामा तयार पारिएको सार्वजनिक गीतको छायांकन तथा निर्देशन संचारकर्मी आशिष नेपालले गरेका हुन् । काठमाडौँका रमणीय स्थलमा छायांकन गरिएको भिडियोको सम्पादन, कलरिगं गायक पाण्डेकै रहेको छ । क्लासिकल संगीतका बिदार्थी समेत रहेका गायक पाण्डेले यसअघि आज सारा बन्धन, लेकबेसी, जुनकिरी, जे जे पर्छ पर्छ, लगायतका गीतमा स्वर दिइसकेका छन् । त्यस्तै गायक पाण्डेले फिल्म बाह्र मासेको ढिक्के फुली बोलको गीतमा पनि स्वर दिएका छन् । सार्वजनिक गीत म्यूजिक बिट नामक च्यानलबाट बजारमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर