भाइरसबाट बच्न जान्नुहोस् यी ६ टिप्सहरु — OSNepal

भाइरसबाट बच्न जान्नुहोस् यी ६ टिप्सहरु

LC (KTM) January 28, 2024 0

भाइरसबाट नै केयौँ रोगहरुको संक्रमण हुने गर्दछ । अझ भाइरसको सिजनमा त रोगहरु यति छिटो सर्छन् की तपाई हामीले पत्तै पाउँदैनौँ । भाइरस भनेको सुक्ष्मदर्शक यन्त्रको सहायताले मात्र देख्न सकिने त्यस्तो अत्यन्तै सुक्ष्म जीवाणु हुन्, जुन पृथ्वीको सबैतिर पाइन्छ । यो जल, थल, नभ (पानी, जमीन र हावा) जहाँ पनि पाइन सक्छ । यसले प्रत्येक जीवित वस्तुहरु अर्थात् प्राणी, विरुवा, ढुसीहरुलाई समेत संक्रमित तुल्याउन सक्छ । कतिपसम्म भने, भाइरसले मानिसमा सबैभन्दा बढी संक्रमण तुल्याउने व्याक्टेरियालाई नै पनि संक्रमित तुल्याइदिन सक्छ । जसका कारण भाइरसको सिजनमा बच्नका लागि आज हामील केही टिप्सहरु लिएर आएका छौँ ।

जसमध्येको यहाँ ६ वटा टिप्सको बारेमा तल चर्चा गरिएको छ :

१. समयमा खोप लगाउनु :

समयमा खोप लगाउने बानीले मानिसलार्य स्वस्थ रहन मद्धत पुग्छ भने रोगहरुबाट जोगाउँछ । जसमध्ये कोरोनाको भ्याक्सिन समयमा लगाउन आवश्यक पर्छ । यदी तपाईलाई नियमित रुखा ख ोकी लागिरहन्छ भने पनि त्यस विरुद्धको भ्याक्सिन यहाँले नजिकैको स्वास्थ्य केन्द्र गएर पनि लगाउन सक्नुहुन्छ । कोरोनाको भ्याक्सिन ६ महिना भन्दा माथिका सबैका लागि उपलब्छ छ ।

२. बिरामी भए घरमा नै बस्नुपर्छ:

यदी तपाई बिरामी हुनुभयो भने सकभर घर बाहिर ननिस्किी घरमा नै आराम गरेर बस्न्ुपर्छ । यदी तपाईलाई रुघा खोकी, कोरोना भाइरल जस्तो कुनै समस्या देखिएमा घरमा नै आराम गरेर बसेको खण्डमा छिट्टै सहज भएर जानेछ । जसका लागि घरमा नै बसेर उपचार गर्न सकिन्छ ।

३. भाइरसको परिक्षण आवश्यक:

यदी तपाईलाई कोरोना वा अन्य कुनै समस्या भएजस्तो लागेमा तत्कालै भाइरसको परिक्षण आवश्यक पर्छ । र यदी कोरोना देखिएमा घरमा नै बसेर औषधी खाएर निको बनाउन सकिन्छ ।

४. मास्कको नियमित प्रयोग:

भाइरसको सिजन र सम्भव भए सँधै जसो नै मास्कको नियमित प्रयोग गर्नु स्वास्थ्यका लागि राम्रो हुन्छ । अझै तपाई भिडभाडमा निस्किँदै हुनुहुन्छ भने त मास्कको प्रैयोग अनिवार्य नै हुन्छ । जसले तपार्यलाई हावाबाट सर्ने सरुवा रोगबाट बचाउन मद्धत गर्छ ।

५. नियमित हात धुने:

भाइरसबाट बच्नका लागि नियमित हात धुने बानीको विकाश गर्नुपर्छ । सम्भव भए तातो पानी र साबुनले २० सेकेण्डसम्म मिचेर हात धुनुपर्छ । साबुन पानी सम्भव नभए सेनीटाइजरको प्रयोगले पनि भाइरसबाट बच्न मद्धत गर्छ ।

६. मुख छोपेर खोक्ने:

भाइरलबाट आँफु बच्न र अरुलाई पनि बचाउनका लागि मुख छोपेर खोक्ने बानीको विकाश गर्नुपर्छ । हात, रुमाल वा कुईनाले छोपेर खोक्ने बानीले भाइसको संक्रमणमा कमी आउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर