‘कृषि तालिम टेबुलमा होइन, बारीमै गर्नुपर्छ’- मन्त्री शर्मा — OSNepal

‘कृषि तालिम टेबुलमा होइन, बारीमै गर्नुपर्छ’- मन्त्री शर्मा

LC (KTM) February 09, 2024 0

कर्णाली, २६ माघ : कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कृषि तालिम टेबलमा नभई बारीमै हुनुपर्ने बताउनुभएको छ । बारीमै तालिम गरी त्यसबाट कृषि पद्धतिको विकास र प्रतिफल प्राप्त गर्न कर्णाली प्रदेश सरकार इमानदार भएर लागेको उहाँले बताउनुभयो ।

बागचौर नगरपालिका–३ सल्ल्यानको खालीमा कर्णाली प्रदेश सरकार कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्द्धन प्रशिक्षण केन्द्र वीरेन्द्रनगर सुर्खेतद्वारा आयोजित ‘कर्णाली प्रदेशस्तरीय सुन्तला जात ह्रास रोग (सिट्रस डिक्सलाइन) व्यवस्थापन तथा खेती प्रविधि तालिम समापनका क्रममा उहाँले हल तथा होटलमा हुने कार्यक्रम परिणामुखी नहुने वास्तविकता सुनाउनुभयो ।

“किसानलाई अनुदान होइन प्राविधिक सहयोग चाहिएको छ”, मन्त्री शर्माले भन्नुभयो, “उनीहरूको आवश्यकता र उत्पादनको सम्भाव्य क्षेत्रमा प्रविधि र लगानी गर्न हाम्रो जनशक्तिको विशेष ध्यान जानुपर्दछ ।” परम्परागतरूपमा सुन्तला तथा अन्य फलफूल खेती गरेका किसान फलमा विभिन्न रोगको सङ्क्रमण बढेकामा चिन्तित रहेकाले उनीहरूका समस्या समाधानमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । किसानाका समस्या समाधान गर्न प्रदेश सरकारले पहिलोपटक किसानकै खेतबारीमा तालिम सञ्चालन गर्न लागेको उहाँले बताउनुभयोे ।

कृषि तथा पशुधन सुरक्षा गर्ने जिम्मेवारी प्रदेश सरकारले लिएको बताउँदै उहाँले किसान अनुदानमुखी मात्रै नभई व्यवसायमुखी हुनुपर्ने कुरामा जोड दिनुभयो । उहाँका अनुसार किसानको व्यावसाय सफल बनाउन व्यवहारिक र प्राविधिक ज्ञानको आवश्यकता गरी प्रदेश सरकारले खेतबारीमा विज्ञसहितको टोलीबाट तालिम दिन सुरु गरिएको छ ।

कर्णालीमा कृषि र पशुक्षेत्रको विकासका लागि सल्ल्यानमा सुन्तला, जुम्लामा स्याउखेती प्रवर्द्धन र डोल्पामा चौरी प्रवर्द्धन तालिम किसानका बारी र गोठमा पुगेर प्रदेश सरकारले सम्पन्न गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर