‘विविधतापूर्ण संस्कृति मौलिक पहिचान र अमूल्य सम्पदा’ - प्रदेश प्रमुख गुरुङ — OSNepal

‘विविधतापूर्ण संस्कृति मौलिक पहिचान र अमूल्य सम्पदा’ – प्रदेश प्रमुख गुरुङ

LC (KTM) February 10, 2024 0

गण्डकी – गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुुरुङले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा भएको बताउनुुभएको छ ।

सोनाम ल्होसारका अवसरमा शुुभकामना सन्देश जारी गर्दै उहाँले यस्ता पर्व नेपाली समाजमा सद्भावना बढाउन आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा महत्वपूर्ण रहेका उल्लेख गर्नुभएको छ । यस पर्वले सद्भाव र समृद्धि बढाउन सबैलाई प्रेरणा दिने उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।

सोनाम ल्होसार पर्वले सबै नेपाली बीचको एकतालाई अझ सुदृढ गर्दै देशमा शान्ति, सद्भाव र सहिष्णुता कायम गरी आर्थिक, सामाजिक र सांस्कृतिक रूपले समृद्ध नेपाल निर्माण गर्न सबैमा प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर