लुम्बिनी प्रदेशकी मन्त्री पाण्डे नर्भिक अस्पताल भर्ना भएपछि,उनको श्रीमानले पशुपतिनाथसँग प्राथना गर्दै लेखे यस्तो... — OSNepal

लुम्बिनी प्रदेशकी मन्त्री पाण्डे नर्भिक अस्पताल भर्ना भएपछि,उनको श्रीमानले पशुपतिनाथसँग प्राथना गर्दै लेखे यस्तो…

LC (KTM) July 28, 2021 0

काठमाडौं १३ साउन । लुम्बिनी प्रदेशकी उद्योग, वन तथा वातावरणमन्त्री कल्पना पाण्डे लम्साल थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी छन् ।

हिजो देखि एक्कासी दुवै खुट्टाको घुँडाभन्दा तल नचलने भएपछि उनलाई अस्पताल भर्ना गरिएको उनका श्रीमान् नवराज लम्सालले बताएका हुन् । अहिले उनको न्यूरो सर्जन डा. पंकज जलान र बरिष्ठ मुटुरोग विशेषज्ञ डा. यादव भट्टको टिमले उपचार गराइएको छ ।

पाण्डेका श्रीमान् लम्सालले सामाजिक सञ्जाल मार्फत यसको जानकारी गराएका हुन् । उनले पशुपतिनाथसँग प्राथना गर्दै जति सक्दो चाँडो निको होस् भनी प्राथना गरेका छन् ।

उनले लेखेका छन् । “भगवान कृपा गर । कल्पनालाई एक्कासी हिजो देखि दुवै खुट्टाको घुडाभन्दा तल नचल्ने भएकोले नर्भिक हस्पिटल थापाथलीमा रूम नं २००० को सुईटरूममा न्युरोको डाक्टर पंकज जलान को टिम र डाक्टर यादव भट्ट को टिमको रेखदेखमा उपचार भैरहेको छ । पशुपतिनाथ संग प्रार्थना छ जतिसक्दो छिटो निको होस् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर