प्रदेश अन्तरपालिका भलिबलको उपाधि दमक र षडानन्दलाई — OSNepal

प्रदेश अन्तरपालिका भलिबलको उपाधि दमक र षडानन्दलाई

LC (KTM) February 11, 2024 0

टक्सार (भोजपुर), २७ माघ : ‘सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश, खेलकुदमार्फत पर्यटनको सन्देश’ भन्ने नाराका साथ षडानन्द नगरपालिकाको केन्द्र दिङ्लामा सञ्चालन भएको कोशी प्रदेश अन्तरपालिकास्तरीय भलिबलको उपाधि दमक नगरपालिका र षडानन्द नगरपालिकाले जित्न सफल भएको छ ।

शनिबार भएको प्रतिस्पर्धात्मक खेलको अन्तिम चरण ‘लाइट प्रोटेस्ट’का कारण स्थगित भएपछि आयोजक र खेलाडी टोलीबीच भएको छलफलअनुसार दुबै टोलीलाई विजयी घोषित गरिएको आयोजक जिल्ला खेलकुद विकास समितिका प्रमुख गेल्जेन शेर्पाले जानकारी दिनुभयो । बिजेताले एक लाख रु ५० हजार र उपविजेताले एक लाख पाउने भए पनि दुवै टोलीलाई विजेता बनाइएपछि रु एक लाख २५ हजारका दरले नगदसहित पदक तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

यस्तै प्रतियोगिताअन्तर्गत उत्कृष्ठ छ विधामा खेलाडीले रु पाँच हजारका साथै पदक तथा प्रमाणपत्र पाए । विजेताहरुलाई पूर्वमुख्यमन्त्री तथा प्रदेश सांसद राजेन्द्रकुमार राईलगायतले पुस्कार वितरण गर्नुभएको थियो ।
गत २४ गतेदेखि सुरु प्रतियोगितामा प्रदेशभित्रका षडानन्द नगरापालिका भोजपुर, आमचोक गाउँपालिका भोजपुर, साल्पासिलिछो गाउँपालिका, बेलवारी नगरपालिका मोरङ, भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, दमक नगरपालिका र रामप्रसाद राई गाउँपालिका गरी आठ टोलीले सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर