सुजिताको परिवारले फसाउन खोज्यो भन्दै सचिनको आमा रुँदै मिडियामा, दाजु र बहिनी बिच कस्तो थियो सम्बन्ध ? — OSNepal

सुजिताको परिवारले फसाउन खोज्यो भन्दै सचिनको आमा रुँदै मिडियामा, दाजु र बहिनी बिच कस्तो थियो सम्बन्ध ?

LC (KTM) July 28, 2021 0

काठमाडौ । चितवनकी सुजिता मृत्यु घटना परिवार भित्रकै सदस्यसंग परेको प्रेम सम्बन्धलाई समाज र परिवारले स्वीकार नगर्ने आशंका कारण भएको देखिएको छ । प्रहरीले सुजिताको ठूलो बुवाको छोरा दाई नाता पर्नेसंग प्रेम परेका कारण परिवारले स्वीकार गर्न नसक्दा घटना भएको प्रहरी अनुसन्धानवाट देखिएको प्रहरीले जनाएको छ ।

झापाको झापा गाउँपालिका ६ का २३ वर्षीय सचिन भन्ने सुकदेव भण्डारीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । सचिन ९ वर्षको हुँदा उनको बुवाको निधन भएको थियो । सचिनको दाई परिवारसंग सम्पर्कमा छैनन् । त्यसैले सचिनकी आमा भन्छिन्् मेरो सहारा नै सचिन हो, उनकी आमा भन्छिन् यस्तो कुरा मलाई केही थाहा थिएन । यदि सविनाको परिवारलाई यस्तो कुरा थाहा थियो भने किन मलाई भनिएन ?

उनले आफ्नो छोराले आफ्नै बहिनी नाता पर्ने सुजितालाई नराम्रो ढंगले हेर्यो होला भन्ने कल्पना पनि नगरेको बताएकी छन् । उनले सुजिताको परिवारले आफ्नो छोरालाई फ’सा’एको आरोप लगाएकी छन् । सचिनले सुजितालाई म रे म र भनेको भने स्वीकार गरेकी छन् ।

उनले परिवार त्यागेर हामी विवाह गरौं भनेर सुजिताले भन्दा आफ्नो छोराले म त्यस्तो गर्दिन भनेपछि सुजिताले तंैले विवाह गरिनस् भने म म’र्छु भन्दा जे सुकै गर म विवाह गर्दिन भनेर सुजितालाई आफ्नो छोराले भनेको कुरा आमाले पनि स्वीकार गरेकी छन् ।

उनले सुजिताको आमा पनि नाताले आफ्नो बहिनी र देउरानी दुवै पर्ने बताएकी छन् । हाम्रो दोहोरो नाता छ जतावाट पनि सुजिता मेरो छोराको बहिनी हो । मेरो छोराले यस्तो सोच्नै सक्दैन । सचिनको आमाले सुजिताको परिवारसंग आफुले कुरा गर्न चाहेको बताएकी छन् । मैले दुवै जनालाई राखेर सम्झाउँथे उनीहरुले थाहा पाएर पनि केही कुरा सुनाएनन् । यदि उनीहरुबीच त्यस्तो कुरा केही थियो भने म केही गर्थे । म मेरो छोराको विवाह अर्कै केटीसंग गरिदिन्थे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर