सत्तामा छदाँ पार्टी कार्यालय नजाने ओली, आज पार्टी कार्यालय थपाथली पुगी दिए यस्तो निर्देशन — OSNepal

सत्तामा छदाँ पार्टी कार्यालय नजाने ओली, आज पार्टी कार्यालय थपाथली पुगी दिए यस्तो निर्देशन

LC (KTM) July 28, 2021 0

काठमाडौँ १३ साउन । नेकपा (एमाले)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली थपाथलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालय पुगेका छन् ।

सरकारमा रहँदा खासै पार्टी कार्यालय नआउने ओली आज पार्टी कार्यालय थापथली पुगेका हुन् । महासचिव ईश्वर पोखरेल सहित केहि नेताहरुको साथमा कार्यालय पुगेका ओली यति बेला सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालय गएका छन् ।

सिमित केहि नेताहरुसँगको छलफल पछि पार्टी कार्यालयबाट बाहिरिएका ओलीले अन्य जिल्लामा हुने सभा बैठक छलफललाई केन्द्रीय कार्यालयबाट अनलाइनमार्फत सम्बोधन गर्ने व्यवस्था गर्न निर्देशन समेत दिएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर