पदमोदय जिल्लास्तरीय खुल्ला नकाउट भलिबल हुने — OSNepal

पदमोदय जिल्लास्तरीय खुल्ला नकाउट भलिबल हुने

LC (KTM) February 29, 2024 0

भरतपुर, १७ फाल्गुण । लामो समयदेखि भलिबल प्रतियोगिता गर्दै आएको पश्चिम चितवनको पदमोदय युवा क्लबले यसबर्ष पनि भलिबल प्रतियोगिता गर्ने भएको छ । क्लबले २०३६ सालदेखि महाशिबरात्रीको अवसर पारेर यो प्रतियोगिता गर्दै आइरहेको छ ।

भरतपुर भ्रमण बर्ष २०२४ को प्रारम्भ भएको केहि दिनमै पर्यटकीय नगरी पटिहानी, पदमपोखरीस्थित क्लव परिसरमा यस वर्षपनि भलिबल प्रतियोगिता गर्दैछ । फाल्गुन २४ गतेदेखि २६ गतेसम्म क्लब परिसरमा आयोजना गरिएको “पदमोदय जिल्लास्तरीय खुल्ला नकाउट भलिवल प्रतियोगिता २०८०” मा विभिन्न १६ टिमले सहभागिता जनाउने अपेक्षा क्लबले गरेको छ । झण्डै ४ दशकको ईतिहास रहेको यस क्षेत्रको भलिबल प्रतियोगिताले मोफसलमै छुट्टै पहिचान बनाउन सफल भएको छ । क्लबले २०७१ मा राष्ट्रिय तथा २०७२ मा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता सम्पन्न गरिसकेको छ ।

प्रतियोगितामा विजेता, उपविजेता र सेमिफाईनलिष्ट टिमले क्रमश नगद ५० हजार, ३० हजार र १०/१० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगितालाई सम्पन्न गर्न निशान पौडेललाई कार्यक्रम संयोजक र हरिभक्त भण्डारीलाई आर्थिक उपसमितिको संयोजकको जिम्मेवारी तोकिएको छ साथै विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ । जस अन्तर्गत प्रचारप्रसारमा विशाल भण्डारी, स्वयंसेवक परिचालनममा प्रशन्न कार्की, मन्च व्यवस्थापनमा राहुल थापा, टिम व्यवस्थापनमा सौगात पौडेल र पवन के.सी, सरसफाईमा निश्चल पौडेल र प्राथमिक उपचारमा सुजन भण्डारीलाई उपसमितिको जिम्मेवारी तोकिएको छ ।

यस वर्षको प्रतियोगिताको स्वरुप बारेमा केही दिनमा बिस्तृत जानकारी गराईने समेत बताईएको छ । पदमोदय युवा क्लब र शिवालय टोल बिकास संस्थाको संयुक्त आयोजनामा सन्चालन हुने प्रतियोगिताको प्रबर्द्धकमा भरतपुर महानगरपालिका, २२ नम्बर वडा कार्यालय र चितवन जिल्ला खेलकुद विकास समिति रहने छन् भने मुख्य प्रायोजकको रूपमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ्ग सेन्टर प्रा.लि. रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर