‘मेडिकल’ उपकरण निर्माणमा सहयोग गर्ने गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता — OSNepal

‘मेडिकल’ उपकरण निर्माणमा सहयोग गर्ने गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता

LC (KTM) February 29, 2024 0

काठमाडौं, १७ फागुन : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा नै मेडिकल उपकरण निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । रसायन तथा मेडिकल आपुर्ति सङ्घ नेपालको आयोजनामा आजदेखि भुकृटीमण्डमा शुरु भएको सातौँ नेपाल मेडिकल एक्स्पोको उद्घाटन गर्दै उहाँले स्वदेशमा नै ‘मेडिकल’ उपकरण उत्पादन गर्न सरकारले सहयोग गर्ने बताउनुभएको हो ।

मन्त्री श्रेष्ठले नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सके विदेशिनबाट जोगिने भन्दै नयाँ प्रविधिको प्रयोगले बिरामीको उपचारमा सहयोग पुग्ने बताउनुभयो । उहाँले एक्स्पाको माध्यमबाट नेपालको स्वास्थ्य क्षेत्रमा योगदान हुने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नेपालमा अन्तरराष्ट्रिय लगानी भित्र्याउन नेपाली व्यवसायीको आत्मविश्वास बढाउनुपर्नेमा जोड दिनुभयो ।
रसायन तथा मेडिकल आपूर्ति सङ्घ नेपाल (केमसान) का अध्यक्ष भक्त हमालले नेपाल र भारतबीचको खुला सिमानाका कारण गुणस्तरहीन स्वास्थ्य सामाग्री मुलुकमा आइरहेकोले त्यसलाई रोक्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर