मुख्यमन्त्री कप भलिबल : पुलिस र आर्मी सेमिफाइनलमा — OSNepal

मुख्यमन्त्री कप भलिबल : पुलिस र आर्मी सेमिफाइनलमा

LC (KTM) February 29, 2024 0

किमाथाङ्का (सङ्खुवासभा), १७ फागुन : नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । पुलिस क्लब समूह ‘ए’को विजेता तथा आर्मी क्लब उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेका हुन् ।

आज भएको खेलमा पुलिस क्लबले एपिएफ क्लबलाई ३–२ सेटले पराजित गरेको हो । पुलिस क्लबले उक्त खेल २९–२७, २५–२०, १६–२५ र १५–१२ अङ्कले जितेको हो ।
आज भएको अर्को खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशलाई ३–२ सेटले हरायो । कर्णालीले कोशी प्रदेशलाई १८–२५, १९–२५, २५–२३ र १५–१२ अङ्कले हराएको हो ।

यस्तै अर्को खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ३–२ सेटले नै पराजित ग¥यो । सुदूरपश्चिम सो खेलमा २५–१७, २६–२५, २५–२३ र १५–६ अङ्कले विजयी भयो ।
यही फागुन १९ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले रु तीन लाख, उपविजेताले रु एक लाख ५० हजार, तृतीय हुनेले रु ५० हजार र चौथो हुने टोलीले रु ३० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर