सुनसरीमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालनको सम्पूर्ण तयारी पूरा — OSNepal

सुनसरीमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालनको सम्पूर्ण तयारी पूरा

LC (KTM) March 01, 2024 0

इनरुवा- सुनसरीमा दादुरा–रुबेलाविरुद्ध खोप अभियान सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा भएको छ । स्वास्थ्य कार्यालय सुनसरीले बिहीबार सदरमुकाम इनरुवामा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर फागुन १५ देखि चैत १ गतेसम्म सञ्चालन हुने दादुरा–रुबेलाविरुद्ध खोप अभियानको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

सुनसरीमा खोप अभियान सञ्चालनका लागि नौ सय ९३ वटा खोप लगाउने बुथ निर्धारण गरिएको छभने पाँच सय ९२ स्थानबाट खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालय इनरुवा सुनसरीका प्रमुख सागर प्रसाईले जानकारी दिनुभयो ।

त्यसैगरी, खोप अभियान सञ्चालनका लागि एक हजार नौ सय ८६ जना स्वास्थ्यकर्मी र दुई हजार नौ सय ९९ जना स्वास्थ्य स्वयंसेविका परिचालन गरिने उहाँले जानकारी दिनुभयो । सुनसरीमा नौ महिनादेखि ५ वर्षसम्मका दुई लाख ४९ हजार आठ सय २५ जना बालबालिकालाई खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालय इनरुवा सुनसरीका प्रमुख प्रसाईले बताउनुभयो ।

जिल्ला खोप अभियानका लागि स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने तालिम, सामग्री हस्तान्त्रण, खोपलगायत कार्य भएको उहाँले बताउनुभयो । जिल्लामा पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई लक्षित गरेर विशेषरुपमा खोप अभियान सञ्चालन गर्नका लागि सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण अर्चायले आग्रह गर्नुभयो ।

कार्यक्रम जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमा सुनसरीका प्रहरी प्रमुख बिपिन रेग्मी, सेभ द अर्थका पुष्प भट्टराई, पत्रकार महासङ्घ सुनसरीका कोषाध्यक्ष अजितकुमार झालगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर