सरकार र मिटरब्याजपीडितबीचको वार्ता सकारात्मक — OSNepal

सरकार र मिटरब्याजपीडितबीचको वार्ता सकारात्मक

LC (KTM) March 02, 2024 0

काठमाडौँ,- सरकार र मिटरब्याजपीडितबीचको वार्ता सकारात्मक दिशातर्फ अग्रसर भएको छ । शुक्रबार साँझ भएको वार्ता सकारात्मक रहेको र आज पुनः छलफल गर्नेगरी टुङ्गिएको पीडित समूहका वार्ताटोली संयोजक अवधेश कुशवाहले राससलाई बताउनुभयो ।

“समस्याको समाधान गर्ने भनेर राज्य लागिरहेकाले समीक्षा गरेर अघि बढौँ, संरचना निर्माण गर्ने भए पनि निर्माण गरौँ भन्ने प्रस्ताव सरकारी टोलीबाट आएको छ,” कुशवाहले भन्नुभयो ।मिटरब्याजपीडित सङ्घर्ष समितिका संयोजक नृग नविनले आजको चौथो चरणको वार्ता सकारात्मक रहेको बताउनुभयो । उहाँले अबको वार्ताबाट निष्कर्ष निस्कने विश्वास व्यक्त गर्नुभयो ।

ङ्घर्ष समितिले कुशवहाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ भने सरकारका तर्फबाट गृहमन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता समिति बनाएको छ ।
अधिकारसम्पन्न आयोग गठनलगायतका ६ बुँदे माग राख्दै २३ दिन हिँडेर काठमाडौँ आइपुगेका मिटरब्याज पीडितले विगत केही दिनयता काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर