आज थप ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै ३३ जनाले गुमाए ज्यान — OSNepal

आज थप ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै ३३ जनाले गुमाए ज्यान

LC (KTM) July 28, 2021 0

काठमाडौं १३ साउन । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज ४,९२२ एन्टिजेन परीक्षणमा १,२०६ र १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २,६३४ जना गरी ३,८४० जनामा संक्रमण पुष्टि भएको हो । जसमा काठमाडौं जिल्लामा ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ जना संक्रमित भेटिएका छन् ।

योसँगै पछिल्लो २४ घण्टामा ३३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा जम्मा १ हजार ९९३ जना मात्र संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर