कालीकोटमा १७ हजार बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप — OSNepal

कालीकोटमा १७ हजार बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप

LC (KTM) March 03, 2024 0

मान्म (कालीकोट), २० फागुन : कालीकोटका १७ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइएको छ । नौ महिनादेखि पाँच वर्षसम्मका १७ हजार आठ सय ३५ बालबालिकालाई खोप लगाइको हो ।

यही फागुन १३ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिएको खोप अभियानमा १७ हजार आठ सय ३५ बालबालिकालाई खोप दिइएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिनुभयो । “फागुन १३ गतेदेखि १५ गतेसम्म पहिलो चरणमा जिल्लाको खाँडाचक्र र तिलागुफा नगरपालिका तथा पलाता नरहरिनाथ र महावै गाउँपालिकामा खोप सञ्चालन गरिएको थियो”, उहाँले भन्नुभयो ।

फागुन १७ गतेदेखि १९ गतेसम्म जिल्लाको रास्कोट नगरपालिकाका साथै सान्नीत्रिवेणी, पचालझरना र शुभकालिका गाउँपालिकामा खोप सञ्चालन गरिएको थियो । जिल्लाका नौ वटा पालिकाका दुई सय २७ भन्दा बढी खोप केन्द्र्रबाट खोप अभियान सञ्चालन गरिएको महत जानकारी दिनुभयो ।

खाँडाचक्र नगरपालिकाका दुई हजार दुई ८५, पलाताका दुई हजार तीन सय ८३ , नरहरिनाथका दुई हजार आठ सय २७, महावैका एक हजार ९२, तिलागुफाका एक हजार आठ सय ९० लाई खोप दिइएको महतले बताउनुभयो ।

उहाँका अनुसार रास्कोट नगरपालिकाका दुई हजार दुई सय ६२, सान्नीत्रिवेणीका एक हजार सात सय, पचालझरनाका एक हजार छ सय ५४ र शुभकालिकाका एक हजार पाँच सय ४३ बालबालिकालाई खोप दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर