शेयर बजारमा सर्किट, कारोबार रोकियो — OSNepal

शेयर बजारमा सर्किट, कारोबार रोकियो

LC (KTM) March 04, 2024 0

काठमाडौँ, २१ फागुनः राजनीतिक उतारचढावका बीच धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धिपछि कारोबार रोकिएको छ । आज बजार खुलेको केही समयमै नेप्से परिसूचक ७९ दशमलव २९ अङ्क अर्थात् चार दशमलव शून्य चार प्रतिशतले बढेर दुई हजार ३९ दशमलव ६० अङ्कमा पुगेपछि नेप्से ‘हल्ट’ भएको छ ।

कारोबार सुरु भएको एक घण्टाभित्र चार प्रतिशतले बढेपछि कारोबार २० मिनेटका लागि स्थगित भएको छ । कारोबार सुरु हुने वित्तिकै अरुण काबेली पावर लिमिटेड र त्रिशुली जलविद्युत् कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर