गठवन्धनको सरकारमा सहभागी हुनुपर्ने नेपाल पक्षीय सांसहरुको जोड — OSNepal

गठवन्धनको सरकारमा सहभागी हुनुपर्ने नेपाल पक्षीय सांसहरुको जोड

LC (KTM) July 28, 2021 0

काठमाडौँ १३ साउन । नेकपा ९एमाले०का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुले गठवन्धनको सरकारमा जानुपर्ने बताएका छन् ।

आज बुधबार बुद्धनगरस्थित सहाना प्रधान स्मृति प्रतिष्ठानको भवनमा भएको छलफलमा नेपाल पक्षमा २२ जना सांसदहरु मध्ये उपस्थित १९ जना सांसदहरुले सरकारमा जानुपर्ने धारणा राखेको बताइएको छ ।

नेपालले सरकारमा सहभागी नहुने भनेर अहिलेसम्म नभनेको पनि एक नेता बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि पटक पटक सरकारमा सहभागी हुन नेपाललाई आग्रह गर्दै आएका छन् ।

पार्टी अध्यक्ष केपी ओलीलाई बहुमत पुर्याएर संसदीय दलको नेताबाट पनि हटाउने तयारी भएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर