फिल्म दयारानीकी अभिनेत्रीले गाइन् त्यत्तिकै छोड बोलको गीत — OSNepal

फिल्म दयारानीकी अभिनेत्रीले गाइन् त्यत्तिकै छोड बोलको गीत

LC (KTM) March 04, 2024 0

काठमाडौँ । गायिका तथा मोडल श्रीषा कुँवरको स्वर रहेको त्यत्तिकै छोड बोलको गीतको भिडियो सार्वजनिक भएको छ । श्रीषा दयाहाङ राईको मुख्य अभिनय रहेको फिल्म दयारानीकी अभिनेत्री समेत हुन् । श्रीषाले आधा दर्जन बढी म्यूजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन् ।

मकाउमा छायाकंन गरिएको गीतको भिडियोमा ‘नान पो’को अभिनय देख्न सकिन्छ । मोडल ‘नान पो’ म्यानमारकी हुन् । गायक तथा संगीतकार तुलाले नै छायांकन तथा सम्पादन गरेको गीतको भिडियोको निर्देशन पनि स्वयम तुलाले नै गरेका हुन् । यसअघि पनि मकाउका विभिन्न रमणीय स्थानहरुमा नेपाली म्यूजिक भिडियो छायांकन गरेर तुलाले अन्तराष्ट्रिय बजारमा पनि नेपाली गीत संगीतलाई पुर्याउने काम गरेको भन्दै उनको प्रशंसा हुँदै आएको छ । भिडियो वाइडस्किन युट्युब च्यानलबाट बजारमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर