गठवन्धनको सरकारमा ल्यायो एमसीसीले तरंग, देउवालाई आयो यस्तो चेतावनी — OSNepal

गठवन्धनको सरकारमा ल्यायो एमसीसीले तरंग, देउवालाई आयो यस्तो चेतावनी

LC (KTM) July 28, 2021 0

काठमाडौँ १३ साउन । अन्तत फेरि एक पटक गठवनधबाट बनेको शेरबहादुर देउवा सरकारमा पनि एमसीसीले चर्चा पाएको छ । आज बालुवाटारमा बसेको गठवन्धनको बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी अनुमोदन नगर्न सुझाव दिएका छन् ।

यदि गठवन्धनको यो सरकारले एमसीसी सम्झौता अनुमोदन गरे गठवन्धनको सरकारनै छाड्ने केसीले चेतावनी दिएका छन् । त्यस्त माओवादी केन्द्रले पनि यसको विरोध जनाउँदै आएको छ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पनि एमसीसी सम्झौता अनुमोदन नगर्न सरकारलाई आग्रह गरेका छन् ।

नेता रावलले पनि नेपालको संविधान,कानून,राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान नहटाई एमसीसीसंगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुने भन्दै सामाजिक सञ्माल मार्फत देउवा सरकारको ध्यानाकर्षण गराएका छन् ।

देश उपनिवेशकरण तर्फ धकेलिनेछ।यस्तो काम सरकार र पार्टीले नगरून् भनेर रावलले सचेत गराएका छन् । यस विषयमा प्रतिनिधि सभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको हेक्का रहोस् भन्दै चेतावनी स्वरुप सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर