बस्नेतको कविता - "पार्टीको झण्डा केवल बोक्नेहरुले, सौन्दर्यले भरिपुर्ण नेपाललाई बिदुवा बनायौँ" — OSNepal

बस्नेतको कविता – “पार्टीको झण्डा केवल बोक्नेहरुले, सौन्दर्यले भरिपुर्ण नेपाललाई बिदुवा बनायौँ”

LC (KTM) March 11, 2024 0

यो गठबन्धन दुखिरहेको पिलो भयो
घाउको खाटा बस्न नपाउदै
छताछुल्ल उधारीने कमजोड घागो भयो
न नीति न सिद्धान्तकोनै आवश्यक
चाहीदैन तिमीलाई नेता बने पुग्छ
जसलाई जे बोले भने छुट हुन्छ
टुटाउनु र छुटाउनुको मोल छैन
रमिता हेदहिंदै विरामी बनायौ
निरासै निरासको कोलाहोल मचाउछौं
पार्टीको झण्डा केवल बोक्नेहरुले
सौन्दर्यले भरिपुर्ण नेपाललाई बिदुवा बनायौँ
गफ चुट्दा चुट्दै पाँच वर्षको समय बिताउछौ।

तिमीलाई बोकेर कौतुहल मच्याएका हामी
तिमीले विर्सीएर सिंहदरवार पसेपछि
हामीलाई आसटुटेका मलामी बनायौ
विकाशको काचुलि माग्ने नेपालीलाई
विदेशी कामदारीको नोकर बनायौ
बिल्लीबाठको गुन्टा बोकेर घसिन्ददै
आँसुले सुकेको छाती भिजाउदै
सिंहदरवारको ढोका व्याउने
जातले हेपेर हामी पिटिएका सन्तान
जहाँको त्यही अटल मुर्तीमैचों
तिम्रा चिल्ला गाडी फेरिए घर फरिए
हामी भने जहीका त्यही भोट हाल्ने चौरमा छौ
पिरिवर्तनका खोका आभाश बोकि बसिरहेका छौं

तिमीलाई भाषणमा रन्किएको देख्छु
पोग्यता चाहिन्दैन दक्क्षताको कदर पाइन्दैन
केवल मन्त्रीले सही गरे पुग्छ
यता सचिबले घुषको बन्दोबस्द मिलाउछ
धुलै धुलोका कणले गाऊँ पुरिएका गाउँ
रोडका चालाको छाती फोक्सो कुहिएको छ
पुल नपाएर डोरीमा झुण्डी खोला तर्ने कथा छ
सुन्दर नेपालको सपना परिक्लपना रच्ने नेताको
बिड्मबनाको नैतिकता मरेको छ
सयौं निर्मला पन्तको कानुन हराएको छ
यत्र तत्र छात्राबासमै बच्चाको लास झु-न्डिएको छ
नेताको भाषण र कुर्सी फेरिएर छ
तर नेपालको अवस्था जस्ताको तस्तै छ
लुट्दा लुट्दै पोको खुस्काउनेहरुको
मान्छे बेच्ने ब्रम्हलुट चलेकै छ
श्रीमतिहरुको स्कुल ब्यापार अपार
उता सुनका ढिस्काहरुले पुरेकी छो
जता ततै सेरबजारमा तिसै भाउ छ
चरकिन्दो परिवर्तनको आवाज खोज्नेलाई
छाती फुटाएर गोली चलाएकै छौ
बन्द ब्यापार रेटेर रोजगारी सिध्यायौ
ऊध्योग धन्दाका कल कारखाना अन्त बनायौ
जनतालाई देश छोड्न बाध्य बनायौ
बाहादुर नेपालीलाई बिदेशीको नौकर बनायौ :- सुजाता बस्नेत के.शी.,अस्ट्रेलिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर