पपुवा न्युगिनीले नेपाललाई दियो १७२ रनको लक्ष्य — OSNepal

पपुवा न्युगिनीले नेपाललाई दियो १७२ रनको लक्ष्य

LC (KTM) March 13, 2024 0

काठमाडौँ, ३० फागुन : त्रिकोणात्मक टी–२० सिरिजमा पपुवा न्युगिनी (पिएनजी) ले नेपाललाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको छ । हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७१ रनको योगफल बनाएको हो ।

पिएनजीका लागि टोनि उराले अर्धशतक प्रहार गरे । उनले ६१ रन बनाए । यसैगरी एली नाओ ३० रनमा अविजित रहे । नेपालका लागि कुशल भुर्तेल र आकाश चन्दले समान तीन/तीन विकेट लिए भने करण केसी र गुल्सन झाले समान एक/एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर