आसुसेनको निरन्तरता नयॉ प्रतिभा त्यो पनि बहुप्रतिभा "बलिदान” मार्फ़त उदय… — OSNepal

आसुसेनको निरन्तरता नयॉ प्रतिभा त्यो पनि बहुप्रतिभा “बलिदान” मार्फ़त उदय…

Bibek Karki March 22, 2024 0

“बलिदान”को कहानीमा एक पात्रका रुपमा युगपुरुषलाई भगीरथ प्रयास गरेरै पैदा गरिएको थियो । यस्तो युगपुरुष जसले परिवर्तनका नाममा जनतालाई बलि चढाउन लगाएर राज्यको अस्मिता लुटिरहेका कुटिलहरूको संहार गरोस् ।फेरी अभिनेताका रुपमा युगपुरुष खोज्नु नेपालमा हामीलाई आइसलेण्डमा सर्प खोज्नुजस्तो असम्भव भएको थियो । “बलिदान” को युगपुरुषका लागि एक्सन, इमोसन, लुक्स र डायलग यी चारै कलाको मिश्रण भएकै कलाकार चाहिन्छ भनेर हामीले छ्लफल गर्यौं । अनि खोज्नमा समय दिइरह्यौं ।

`तँ चिता म पुर्याउँछु´ भनेजस्तो कामप्रति लगाव भएपछि दैवले पनि खोजेको चिज जुराइदिने रहेछ । एकदिन हामीले भेट्टायौं- हामीले खोजेका चारै गुण भएका युवा समीर भट्ट । उनी दशौं वर्षदेखि मुम्बई मा गुपचुप रहेर एक्टिङ क्लास, मार्शल आर्ट, नृत्य तथा दृन्दका धेरै आर्ट हरुको कार्यशाला संगै ठूलै तपस्या गरिरहेका रहेछन् । एकलव्यजस्तो गहन एकान्तमा रहेर कलाकारिताबारे उनले गरेको यो संघर्ष, मेहेनत र तपस्याले उनलाई बलिदानका लागि खरो उतारिदिएको छ ।

हरेक प्रोजेक्टमा नयाँ नयाँ प्रतिभा खोजेर नेपाली सिने जगतका अभाव पूर्ति गर्ने र उकास्न कोशिश गर्ने आसुसेन फिल्मस् को यो निरन्तरताकै एक अर्को कडी हो । समीर भट्ट बलिदानका युगपुरुष त बन्ने नै भए अब नेपाली सिनेमा जगतले पनि खोजिरहेको युगपुरुष बन्नेछन् भन्ने कुरामा दुइ मत छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर